Fri. May 3rd, 2024

काठमाडाैँ । नेपाली फिल्म इण्डस्ट्रीका निर्माता तथा कलाकार नरेश राजवीर शर्मा नयाँ कार्यक्रमका साथ आएका छन् । बिहीबारबाट शर्माले युट्युबमा वास्तु र न्युमेरोलोजीको कार्यक्रम लिएर उनले युट्युबमा कार्यक्रम सुरू गरेका हुन् ।
उनले युट्युबमा सार्वजनिक भिडियोमा कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थितिको समयमा यो विद्या आर्जन गरेको उल्लेख गरेका छन् । उनले वास्तु र न्युमेरोलोजी  पूर्ण रूपमा वैज्ञानिक विधि भएको बताएका छन् ।
शर्मा २००८ देखि लण्डनमा बसिरहेका छन् । उनले नेपाली म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनले पछिल्लो पटक ‘ह्याप्पी डेज’ फिल्म नेपाली दर्शकसामू पस्किएका थिए । लण्डनमा उनी आफ्नै व्यवसायमा जमिरहेका छन् ।
युट्युबमा भिडियो सार्वजनिक गर्दै शर्माले आफूले आर्जन गरेको विद्या सबै साथिभाइहरूमाझ बाड्न लागेको उल्लेख गरेका छन् । न्युमेरोलोजीलार्इ ज्योतिषको परिष्कृत र वैज्ञानिक अवधारणाको रूपमा लिइन्छ । यस अध्ययनमा अंकका माध्यमबाट कुनै मानिसको समग्रको पक्षको अध्ययन गरिन्छ भने भविष्यवाणी समेत गर्न सकिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  ।

Leave a Reply

%d bloggers like this: