Fri. May 3rd, 2024

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्ध लड्न नेपाली जनतालाई सहयोग गर्न भारत सधैं तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले बिहीबार ट्वीटरमार्फत नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् ।
भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

%d bloggers like this: