Thu. May 2nd, 2024

काठमाडाैँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको खोपले आपतकालीन प्रयोग गर्ने अनुमति पाएको छ ।
नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको ‘कोभिशिल्ड’लाई अनुमति दिएको हो ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘नेपालमा कोभिड-१९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि २०७७ माघ २ को विभागीय निर्णयानुसार उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

Leave a Reply

%d bloggers like this: