Mon. Apr 29th, 2024

काठमाडाैँ । भारतीय टेलिभिजन जि-न्युजका सम्पादक सुधीर चाैधरीले सगरमाथाको बारेमा उनको अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् ।
बुधबार रातीको कार्यक्रममा उनले मंगलबार प्रसारण गरेको कार्यक्रम विवादमा परेको भन्दै माफी मागेका हुन् । मंगलबार चाैधरीले सगरमाथाको नाम परिवर्तन गरेर ‘माउन्ट सिकदर’ राख्नुपर्ने अभियान सुरू गरेको घोषणा गरेका थिए ।
उनको यो अभियानको चाैतर्फी विरोध हुँदै भारतले सगरमाथा पनि कब्जा गर्नलाग्यो भन्ने सम्मका आलोचना हुन थालेपछि उनले यसबारे प्रष्ट पारेका हुन् । उनले बुधबारको कार्यक्रममा सगरमाथा नेपालको नै भएता पनि भारतीय पक्षले भारतीय नाम राख्नुपर्ने अभियान चलाएको बताएका हुन् ।
‘सगरमाथा नेपालको नै हो । यो कसैले खोस्न सक्दैन । हामी पनि सगरमाथा कब्जा गर्ने नभएर नाम मात्र भारतीय होस भन्ने अभियानमा लागेका छाैँ ।’ उनले कार्यक्रममा भनेका छन् ।

Leave a Reply

%d bloggers like this: