Sat. May 18th, 2024

एजेन्सी । चर्चित मोडल किम कार्दसियन र गायक केन वेस्टले डिभोर्स गर्ने भएका छन् । यस वर्ष यो जोडीको वैवाहिक जीवन निके अशान्त थियो । पेस सिक्समा प्रकाशित समाचारअनुसार यो जोडी केही महिनादेखि अलग बस्दै आएको थियो । ‘डिभोर्स अवश्यम्भावी छ । उनीहरुले यसलाई कम चर्चामा राख्न चाहेका छन्, तर यो तय भइसकेको छ,’ एक भित्री स्रोतलाई उदृत गर्दै बेलायती पत्रिका द सनले लेखेको छ,‘किमले लाउरा वासेरलाई हायर गरिसकेकी छिन् र यो जोडी अहिले कसरी डिभोर्सको प्रक्रियालाई टुंगोमा पुु-याउने भनेर छलफलमा छ ।’
यसअघि सन् २०१३ मा किमले एनबिए स्टार क्रिस हम्फरिजसँग डिभोर्स गर्दा पनि अधिवक्ता लउराले नै कानूनी प्रक्रिया हेरेका थिए । उनले ठूला सेलिब्रेटीहरुको डिभोर्सको मामिला टुुंग्याएर चर्चा कमाएका छन् । ब्राड पिट र एन्जेलिना जोलीको हाइप्रोफाइनल डिभोर्स पनि उनले नै हेरेका थिए । अहिले केल्ली क्लार्कसनले आफ्ना श्रीमान् ब्रान्डन ब्ल्याकस्टकको डिभोर्स प्रक्रियालाई टुंगोमा पुु¥याउनका लागिउनको सहयोगी लिएकी छिन् । र, किमले पनि उनैलाई गुहारेकी छिन् ।

Leave a Reply

%d bloggers like this: