Sun. May 5th, 2024

एजेन्सी – कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ ।
बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली ब्लिाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना बन्यो ।
बिल्वाओमा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट अग्रता लिएको थियो । तर, बिल्वाओको त्यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । उनले पेड्रीको पासमा गोल गरेका थिए । ६२औं मिनेटमा मेस्सीले एन्टोइन ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए ।
इन्ज्युरी समयमा इकर मुनिएइनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएपनि त्यो निकै ढिला हुदा बार्सिलोना विजयी हुन सफल भयो ।
यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ । पराजित बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ ।

Leave a Reply

%d bloggers like this: