Mon. Apr 29th, 2024

काठमाडौं । कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय समिति (सीसीएमसी) ले फिल्म हल खुला गर्ने निर्णय गरेको छ । चलचित्र संघको एकल निर्णयमा फिल्म हल खुला गरेको एक सातापछि सरकारले यस्तो निर्णय गरेको हो ।
समितिको आइतवार बसेको बैठकले आवश्यक परेको अवस्थामा फेरि बन्द गर्न सकिने अधिकारसहित हल खुला गर्ने निर्णय गरेको हो । हल खुलिसकेपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको अनुगमन गर्ने र पालना नभएको खण्डमा कारबाही गर्ने निर्णय भएको सीसीएमसीले जनाएको छ ।
सबै क्षेत्र खुलिसक्दा पनि आफूहरुलाई सरकारले हल खोल्न नदिएको भन्दै नेपाल चलचित्र संघको एकल निर्णयमा पुस १० गतेदेखि नै हल खुला भइसकेको छ ।

Leave a Reply

%d bloggers like this: