Thu. May 2nd, 2024

एजेन्सी। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि उचालेको छ । मंगलबार राती भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले लगातार पाँचौ पटक आइपिएल उपाधि हात पारेको हो ।
दिल्लीले दिएको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको नोक्सानीमा भेटायो । मुम्बईलाई सहज जित दिलाउन कप्तान रोहित शर्मा ५१ बलको सामना गर्दै ५ चौका र ४ छक्का सहित ६८ रनको योगदान दिए
दिल्लीका एन्रीच नोर्कियाले २ तथा मार्कस स्टोइनिस र कागीसो राबाडा १-१ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहेपनि उपाधिको लागि पर्याप्त रहेन।
विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पाँचै उपाधि मुम्बईले रोहित शर्माको कप्तानीमा जितेको हो । मुम्बई उपाधि रक्षा गर्ने चेन्नईपछि पहिलो टोली बन्यो ।

Leave a Reply

%d bloggers like this: