Thu. May 2nd, 2024

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा मुछिएर पक्राउ परेकी रिया चक्रवर्तीको अनुसन्धान जारी छ । यही समयमा रिया चक्रवर्तीले अनुसन्धानको क्रममा अरू नायक तथा नायिकाको समेत नाम लिइएको समाचार भारतीय मिडियाले प्रकाशन गरेका छन्।
अनुसन्धानका क्रममा रियाले सारा अलि खान, राकुलप्रीत सिंह तथा डिजाइनर सिमोन खामभट्ट सहितको नाम लिएको बताइएको छ । उनले यी नामहरू एनसिबीसँग भइरहेको लागुऔषध सम्बन्धि अनुसन्धानसँग जोडेर लिएको बताइएको छ ।
भारतीय मिडियाहरूले गोप्य स्रोतलाई उद्धृत गर्दै रियाले धेरै कलाकारहरूको नाम लिएको र उनीहरूसँग पनि अनुसन्धान टोली नजिक रहेको उल्लेख गरेका छन् ।
रियाले अहिले ड्रग्स सेवन गर्ने कुरा अस्वीकार गरेता पनि पहिले ड्रग्स सेवन गर्ने कुरा स्वीकार गरेको भन्ने समाचार पनि भारतको अनलाइन मिडिया ‘टेलेगस्टप’ले प्रकाशित गरेको छ।
सुशान्त सिंह राजपुतको आत्महत्या रहस्यमय बन्दै गएको छ भने अनुसन्धानले ठुलै लहरो तान्ने देखिएको छ ।

Leave a Reply

%d bloggers like this: