Fri. Sep 20th, 2024

दुई वर्ष अगाडी निर्माण भएको सफल चलचित्र ‘प्रसाद’को सिक्वेल बन्ने पक्का भएसँगै यसको मुख्य भूमिकामा को रहलान् भन्ने चासो बढेको थियो । व्यावसायिक तथा समीक्षात्मक रूपमा पनि यो चलचित्र अब्बल यस चलचित्रमामा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । चलचित्रका निर्माता सुवास थापा ‘प्रसाद २’ बनाउने तयारीमा जुटेका छन् ।
चलचित्रको लागी लेखक सुशील पौडेलले नै चलचित्रको पटकथा तथा संवाद लेखिरहेका छन् । भने निर्देशकको रूपमा सौरभ चौधरी भित्रिएका भएका छन् । चलचित्रको लागी निर्देशकको रूपमा चौधरीको प्रवेश भए सँगै कलाकार पनि फेरिने हुन् कि भन्ने आशङ्का गरिएको थियो । तर ‘प्रसाद २’ का लागि मुख्य भूमिकामा विपिन कार्की र नम्रता श्रेष्ठ दुवै तयार भएका छन् ।
विपिन र नम्रतासँग लिखित सम्झौता नै भइसकेको निर्देशक चौधरीले ब ताएका छन् । उनले केही समय अगाडि नै दुईसँग लिखित सम्झौता पनि भइसकेको बताएका छन् । चलचित्रको कथा तयार भइरहेकाले यसमा निश्चल दोहोरिने वा नदोहोरिने भने पक्का नभएको बुझिएको छ ।
सिनेपाटी

Leave a Reply