Sat. May 4th, 2024

स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेसी सोमबारबाट सुरू हुने प्रशिक्षणमा सहभागी नहुने भएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेसीले आँफु प्रशिक्षणमा सहभागी नहुनेबारे बार्सिलोनालाई जानकारी गराइसकेका छन् ।
आज बार्सिलोनाका खेलाडी तथा कर्मचारीको कोरोना परीक्षण गर्ने र सोमबारबाट प्रशिक्षण थाल्ने तयारी रहेको छ ।
पछिल्ला केही दिनयता मेसीले बार्सिलोना छोड्ने बताएसँगै स्पेनमा ठूलो हलचल मच्चिएको छ भने बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बर्तामेउ र मेसी बिच पनि मनमुटाव सुरू भएको छ ।
मेसी बार्सिलोनामा आफ्नो १७ वर्षे लामो बसाइ अन्त्य गर्ने पक्षमा छन् । तर। बार्सिलोनाले भने मेसीको सम्झाैता अझै एक वर्ष रहेका कारण रिलिज क्लज नपाएसम्म जान नदिने बताएको छ ।
सम्झाैता अनुसार मेसी सन् २०२१ को जुन अन्त्यसम्म बार्सिलोना नै बस्नुपर्ने हुन्छ अथवा मेसीलाई भित्र्याउने क्लबले ७० करोड पाउन्ड बार्सिलोनालाई दिनुपर्ने हुन्छ ।
युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरलाइनलमा बार्सिलोना जर्मनको बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसी क्लबबाट बाहिरिन चाहेका छन् ।
मेसीलाई भित्र्याउने दाैडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो स्थानमा छ ।

Leave a Reply

%d bloggers like this: