Wed. Apr 24th, 2024

नेपाल आइडलको तेश्रो सिजनको उपाधि सज्जा चौलागाईँले जितेकी छिन् । यससँगै उनी उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बन्न सफल भइन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पाएकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । तर फाईनल भने नाटकीय बन्न पुग्यो । अन्तिम समयमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएको भन्दै कार्यक्रममा विजेताको घोषणा गर्न एपीवनका साहुजी रामेश्वर थापा टिभी स्क्रिनमा आइपुगेका थिए ।
उनका अनुसार नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज तथा प्रतिस्पर्धी नै थिएनन् ।
नेपाल आइडल निर्माण पक्षले भनेको छ–ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।

Leave a Reply

%d bloggers like this: