Tue. May 7th, 2024

कार्तिक ८ गते बाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्‍यो काले’ ले आफ्नो प्रदर्शनको ५१ औं दिन पार गरेको छ । शिशिर राणाले निर्देशन गरेको फिल्मले गोपीकृष्ण,अस्ट नारायण,गुण सिनेमा,कलंकी सिनेमा,गंगा,बाराही,सिटि म्याक्स र चरिकोटको हलमा प्रदर्शनको ५१ औं दिन पार गरेको हो ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा र आकाश सँगै सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ । फिल्ममा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: