Tue. May 7th, 2024

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको हो ।

अकस्मात बिरामी भएपछि उनलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअघि नै उनको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ ।

उनि एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनि ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गरेका थिए । उहाँले धेरैै चलचित्रमा अभिनय समेत गरेका थिए ।

ujyaloonline.com

Leave a Reply

%d bloggers like this: