Tue. May 7th, 2024

कलाकार दीपक क्षेत्रीको शनिबार निधन भएको छ । काठमाडौँको कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेको चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

क्षेत्रीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । उनि नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय गर्थे । उनले दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । क्षेत्रीकी पत्नी विपना बस्नेत विदेश रहेकाले उनि आएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ ।
श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वरनलीमा मासु पलाएका कारण शल्यक्रियासमेत गरिएको थियो ।
मनोरञ्जन संसार उनको चीर शान्तिको कामना गर्दछ । 

Leave a Reply

%d bloggers like this: