Sun. May 5th, 2024

फिल्म ‘ए मेरो हजुर ४’ बन्ने भएको छ । फिल्ममा फेरि पनि अभिनेता अनमोल केसी र सुहान थापा मुख्य भूमिका रहने पक्का भएको छ ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’ मा पनि दोहोरिने भएको हो । अनमोलले शनिबार ‘ए मेरो हजुर ४’ को लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होम प्रोडक्सनको सिनेमामा सुहना भने यसअघि नै फाइनल भैसकेकी थिइन् । अन्य कलाकारहरु को हुने भन्ने फाइनल हुन बाँकी रहेको बताइएको छ ।

फिल्मलाई झरना थापाले निर्देशन गर्ने छिन् भने सुनिलकुमार थापाले निर्माण गर्नेछन्। फिल्म माघ २० देखि छायाँकनमा जाने भएको छ । फिल्मको छायाँकन नेपाल, ओमान र होल्याण्डमा हुने निर्माण टोलीले बताएको छ ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: