Tue. Apr 30th, 2024

आधुनिक गीत गजलमा हिट हिट नम्बर दिइसकेका चर्चित सङ्गीतकार डी.आर.अटुको अर्को पूर्वेली लोक गीत ”दिक्तेल बजार- २” को भिडियो बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ ।
धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पूर्वेली लोक गीतको बादशाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल, चौबन्दी चोलीले, दिक्तेल बजार, माथि माथि हिमाली भेगमा,स्कुले जीवन, हिँडिजाने बटुवा, एक्ले वर, माया हजुर, सोल्टिनी ज्यु जस्ता दर्जनौँ चर्चित लोक गीतहरू दिइसकेका छन् ।
सुपर हिट गीत दिक्तेल बजारको अर्को भागको रूपमा यो दिक्तेल बजार- २ गीत निकालिएको हो। दिक्तेल बजार एकमा शब्द र सङ्गीत डी.आर.अटु कै थियो । यसमा भने शब्द प्रेम प्रसाद भट्टराईको रहेको छ भने सङ्गीत डी.आर.अटु कै रहेको छ ।
गीतमा खोटाङ जिल्लाको विभिन्न पर्यटकीय एवम धार्मिक सम्पदाको वर्णन गरिएको छ ।

Leave a Reply

%d bloggers like this: