Sat. May 4th, 2024

काठमाडाैँ – गत वर्षको चैत २२ गतेबाट प्रदर्शनमा अाएको चलचित्रले सफलता पुर्वक दोश्रो हप्तामा प्रवेश गरेको छ । यस फिल्मले एक हप्तामा नै लगभग ३ करोड १० लाखको व्यापार गर्न सफल भएको छ ।
 
प्रदर्शनको पहिलो दिन नै अर्थात् चैत २२ गते यो फिल्मले काठमाडाैँ भित्रबाट मात्रै ३६ लाख ६ हजार ७ सय ९८ को व्यापार गर्दा काठमाडाैँ बाहिर पनि ३४ लाख १५ हजार ७ सय ५० सहित गज्जबको व्यापार गर्यो ।
शुक्रबार अाक्रामक देखिएको फिल्म शनिकार झरीका बाबजुद पनि अझ अाक्रामक रूपमा प्रस्तुत भयो । शनिबार यो फिल्म पहिलो दिनको भन्दा ९ लाख बढि अर्थात् ४५ लाख १५ हजार ५ सय २३ काठमाडाैँमा व्यापार गर्दा काठमाडाैँ बाहिर ४० लाख ६० हजार ५ सय १४ रूपैयाँ संकलन गर्न सफल भयो ।
प्रदर्शनका तेश्रो , चाैथो र पाँचाैँ दिन यो फिल्मले काठमाडाैँ भित्र क्रमशः  २५ लाख २५ सय , १७ लाख १३ सय ५० , १६ लाख ९० हजार १५ काठमाडाैँबाट उठाउँदा काठमाडाैँ बाहिरबाट २० लाख ५० हजार २ सय २३ , १३ लाख ९० हजार ५ सय २३ र १० लाख ५० हजार ९ सय २१ संकलन गर्यो ।
 
समग्रमा हप्ताका ५ दिन नै अाक्रामक रहेको  लभ स्टेशनको व्यापार हप्ताका अन्तिम दिन पनि उस्तै रह्यो । प्रदर्शनको छैठाैँ दिन काठमाडाैँमा १४ लाख ८० हजार ५ सय १८ को व्यापार गर्दा काठमाडाैँ बाहिर १० लाख ४० हजार ५ सय ३५ व्यापार गर्यो । हप्ताको अन्तिम दिन अर्थात् चैत २९ गते काठमाडाैमा १२ लाख ५५ हजार ५ को व्पापार गरेको फिल्मले काठमाडाै बाहिर १० लाख २५ हजार ११ को व्यापार गर्दै हप्ताको अन्त्य गर्यो ।
 
समग्रमा समीक्षकहरूले विभिन्न टिका टिप्पणी गरिरहँदा पनि फिल्मले एक हप्तामा काठमाडाैँमा मात्रै  १ करोड ६७ लाख ५१ हजार ७ सय ९  र काठमाडाैँ बाहिर १ करोड ४० लाख ३३ हजार २ सय ७७ सहित कुल ३ करोड ७ लाख ८४ हजार ९ सय ८६ को व्यापार गर्दै हप्तालार्इ बिदार्इ गर्दै दोश्रो हप्तामा प्रवेश गरेको छ ।

Leave a Reply

%d bloggers like this: