Sat. May 18th, 2024

सिनेमा ए मेरो हजुर ३ ले देशभर धमाकेदार ओपनिङ गरेको छ । हलमा यो फिल्म ले शुक्रबार नै दर्शकलाई तानेको छ । सिनेमाले शुक्रबार बिहानैदेखि देशभरका सिंगल र मल्टिप्लेक्स हलमा आक्रामक ओपनिङ गरेको छ । दिनभर सिंगल र मल्टिप्लेक्समा सबै शोजमा दर्शकको चाप उच्च देखियो ।
अधिकांश शोज समय अवधी भन्दा पहिले नै सोल्ड आउट भएका थिए । नेपाली सिनेमा नचलिरहेको समयमा ए मेरो हजुर ३ ले भने बम्पर कमाई गर्ने लक्षण देखाएको छ । सिनेमाको शनिबारको बुकिङ पनि आक्रामक छ । यसैले पनि ३ दिनमा सिनेमाले बम्पर कमाई गर्ने र निर्मातालाई सुरक्षित बाटोमा लैजाने देखिएको छ ।
अनमोल केसीको स्टारपावर र सुहाना थापाको चर्चाका साथमा ए मेरो हजुर नामको ब्रान्डका कारण पनि यो सिनेमाले बम्पर ओपनिङ गरेको छ । सिनेमालाई दर्शकले राम्रो भनेका छन् । झरना थापाको निर्देशनमा बनेको यो सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका छ ।

Leave a Reply

%d bloggers like this: