Sun. May 5th, 2024

लिलि बिलिबाट चर्चा तथा लोकप्रीयता कमाउँन सफल जोडी प्रदिप खड्का र जसिता गुरूङको पछिल्लो फिल्म लभ स्टेशन हिजो अर्थात् चैत्र २२ गतेबाट नेपालभर प्रदर्शनमा अाएको छ । अागामी दिनलार्इ नहेर्दा पनि यो फिल्मले प्रदर्शनको दिनमै नेपाली फिल्म इतिहासमा नयाँ इतिहास कायम गरेको छ ।
नेपालभर १ सय ४ हल तथा मल्टिप्लेक्समा एकैसाथ प्रदर्शनमा अाउने पहिलो फिल्म लभ स्टेशन बनेको छ । इतिहास बनाउँने फिल्म हेर्न नेपालभर दर्शकको भिडलार्इ फिल्म हलले पनि थेग्न सकेका छैनन् । प्रदर्शनको दिन सबै हलमा हाउसफुल प्रदर्शन गरेको फिल्मले अाज पनि देशभर नै हाउसफुल प्रदर्शन गरेको छ ।
लिलि बिलिबाट नै चर्चामा अाएका सुपरहिट जोडीको फिल्म लभ स्टेशन हरेक तबरले उत्कृष्ट बनेको छ । फिल्ममा छनाैट गरिएका पात्र सहित अन्य हिसाबले पनि फिल्म उत्कृष्ट बनेको छ ।
नाम अनुसारको फिल्ममा पुरै समय मायाकै बहार सिर्जना भएको छ भने छायाङ्कनका लागि चयन गरिएका दार्जिलिङ , सिक्किम, इलाम तथा कालिङपोङले नायक र नायिकाको प्रेम कथामा साथ दिने काम गरेका छन् । समग्रमा फिल्म भएका डायलग तथा मनछुने लाइनहरू पनि उत्कृष्टताका साथ चयन गरिएको छ ।
फिल्ममा समाविष्ट गीत तथा संगीत पनि निकै उत्कृष्ट रहेका छन् । “घाम जुन चाहिँदैन” र “मेरो अागनीमा” जस्ता गीतहरूमा गरिएका शब्द चयनले फिल्म तथा मायाको माैसमलार्इ मधुरता प्रदान गरेका छन् ।
 

Leave a Reply

%d bloggers like this: