Thu. May 2nd, 2024

काठमाडौं । अभिनेत्री जसिता गुरुङ र अभिनेता प्रदीप खड्काको मुख्य भुमिकामा बनेको फिल्म ‘लभ स्टेशन’ यही चैत २२ गतेदेखि रिलिज हुँदैछ । फिल्म प्रमोशन देखि समाज सेवामा समेत अग्रसर रहेका खड्का र शाहीले शनिबार गोकर्णको संयुक्त एकता अपांग आवाज केन्द्रका ४५ जना बालबालिकालाई विद्यालय भर्ना र तीन महिनाको लागि रकम प्रदान गरेका छन् ।
चलचित्र लभ स्टेशनका तर्फबाट बालबालिकालाई सहयोग गरेको प्रदीपले बताए। प्रदिप र जसिताले यस अघि पनि करेन्टबाट दुवै हात गुमाएकी मेघा घिमिरेलाई एक लाख रुपैयाँ लभ स्टेशनका तर्फबाट सहयोग गरेका थिए ।
 
 

फिल्म ‘लभ स्टेशन’ को टिमले अनाथ बालबलिकाहरुलाई सहयोग गरेका छन् । फिल्मको तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालबालिकालाई प्राइभेट स्कुलमा पढाउँदा लाग्ने सबै खर्च प्रदान गरेका हुन् । उनीहरुले बैशाखमा स्कुल भर्ना गरिदिनेदेखि लिएर तीन महिना सम्मको मासिक शुल्क दिएका छन् ।

सो अपाङ्ग केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले अाज प्रदिप लगायत फिल्म युनिटले गरेको जस्तै सहयोगको अपेक्षा अन्य तिरबाट समेत राखेको बताए ।  गत हप्ता अभिनेता प्रदीप खड्काको जन्म दिन मनाईएको भए पनि उनका प्रशंसक ‘प्रदीप खड्का फ्यान परिवार’ले सोही कार्यक्रममा केक काटेर फेरी अभिनेता खड्काको जन्मदिन मनाएका छन् ।
चलचित्र लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । जसमा अभिनता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

Leave a Reply

%d bloggers like this: