Mon. May 6th, 2024

एजेन्सी । बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर रिलिज भएको छ । याे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म हो । फिल्ममा प्रधानमन्त्री मोदीको भुमिका विवेक ओबराय निभाएका छन् । मोदीको जस्तो लुक्स बनाउनको लागि ओबरायले निकै मिहेन्त गरेको बताएका छन्।
फिल्ममा मोदिको राजनितिक जीवनमा आएको उतर चढाबलाई समाबेस गरेको छ ।फिल्मको छायांकन ३८ दिनमा सकिएको छ । उमंग कुमारको निर्देशनमा रहेको यो फिल्मलाई सुरेश ओबराय, सन्दिप सिंह र आनन्द पण्डितले सयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको लागि सन्दिप र उमंग कुमारले निकै मोटिभेसन गरेको विवेकको भनाइ रहेको छ ।
 
विवेक,सुरेश ओबरायको साथै बर्खा सेनगुप्ता, प्रशान्त नारायण, दर्शन कुमार, बोमन इरानी, मनोज जोसी, किरण पटेल लगायत कलाकारको अभिनय रहेको यो फिल्म अप्रिल ५ देखि रिलिज हुँदैछ ।
https://www.youtube.com/watch?v=X6sjQG6lp8s

Leave a Reply

%d bloggers like this: