Thu. May 2nd, 2024

फिल्म ‘मेरो एउटा साथी छ’ काे सिक्वेल बन्ने भएको छ । यसमा अभिनेता धिरज मगर भित्रिने भएको छ ।
‘मेरो एउटा साथी छ’ सिक्वेललाई निर्देशन भने दिनेश राउतले गर्ने पक्का भएको छ । फिल्मको स्किृप्टको काम भइरहेको छ । फिल्म मेरो एउटा साथी छलाई यो भन्दा अगाडि सुदर्शन थापाले निर्देशन गरेका थिए । आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको उक्त फिल्म सुपरहिट भएको थियो ।
धिरज मगरले गत वर्ष फिल्म ‘इन्टु मिन्टु लन्डनमा’बाट डेव्यु गरेका हुन् । पहिलो फिल्मबाटनै उनको क्रेज बढेको छ । युके निवासी मगरलाई निर्देशक रेनशा वान्तवा राईले फिल्म क्षेत्रमा ल्याएकी हुन् ।
फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ सफल भएपछि रेनशाले धिरजलाई लिएर दोस्रो फिल्म बनाउने निर्णय गरिन् । नयाँ फिल्म ‘आई एम ट्वान्टिवान’ घोषणा भइसकेको छ। फिल्मलाई आइकोर फिल्मस्ले निर्माण गर्दैछन् ।

Leave a Reply

%d bloggers like this: