Fri. May 3rd, 2024

एजेन्सी । अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गल्ली ब्बाई’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले बक्स अफिसमा १०० करोडको आँकडा पार गरिसकेको छ ।
यो भन्दा पहिले अन्य फिल्मले बक्स अफिसमा एक सातामा ५० करोडको आँकडा पार गरेको थियो, तर ‘गल्ली ब्बाई’ले भने एकै साता १०० करोडको आँकडा पार गर्न सफल बनेको छ ।
पछिल्लो समय अभिनेता रणवीर सिंहको जुनकसुकै फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिहरेको छ । रणवीरको प्रदर्शनरत फिल्म ‘गल्ली ब्बाई’ ले यसरी नै बक्स अफिसमा कलेक्शन गर्दै जाने हो भने १५० करोडको आँकडा पार गर्न खासै धेरै समय लाग्दैन ।
यो फिल्मले गत विहीबार ४.८० करोडको कमाई गरेपछि यो फिल्मले बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको हो ।

Leave a Reply

%d bloggers like this: