Fri. May 3rd, 2024

फ्राइडे रिलिज अन्तर्गत आज फागुन १० गते ३ नेपाली फिल्म ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’ प्रदर्शनमा आएका छन् । यसका साथै एक भारतीय फिल्म ‘टोटल धमाल’ समेत आजबाट नै हलमा आएको छ ।

दिनेश सिंह ठकुरी निर्देशित फिल्म ‘रुमालै छ चिनो’ मा नायक सुशान्त कार्की र नायिका अप्सना थापाको मुख्य भूमिका रहेको छ । फिल्मले वीर गोर्खालीको कथा बोल्छ । फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ । बिनोद सापकोटाले छायांकन रहेको यस फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रेशम थापाको कथा रहेको छ ।

नवीन निरौला निर्देशीत सस्पेन्स थ्रिलर फिल्म ‘फिङ्गर प्रिन्ट’ मा नवीन कै लेखन र सम्पादन रहेको छ । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायत कलाकारको अभिनय रहेको छ । शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेको फिल्ममा दयाराम पाण्डेको गीत,अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ ।

यस्तै, मदन घिमिरे निर्देशित तथा लायन कृष्ण खनालको निर्माण रहेको फिल्म ‘ब्वाईफ्रेण्ड’ मा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: