Sat. May 18th, 2024

नायक पल शाह र नायिका एवम कुशल नृत्याङ्गना एलिशा राईद्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सानी’बोलको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको हो ।
हाल अमेरिका बसोबास गरिरहेका गायक सुदन गैरेको स्वर तथा संगीत रहेको गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ । उत्सव दहालले खिचेको उक्त गीतको म्युजिक भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी गरेका हुन् । भरत रेग्मीको सम्पादन रहेको ‘सानी’को म्युजिक भिडियोमा पल शाह र एलिशा राईलाई सेभेन्टिज र एट्टिजको फिल्मी स्टाइलमा प्रस्तुत गरिएको छ । सहनिर्देशक जया शर्माको कन्सेप्ट र सुव्रतराज आचार्यको निर्देशनमा ‘सानी’को भिडियो तयार भएको हो ।
चितवनमा जन्मिएका गायक सुदन गैरेलाई सानै देखी गीत संगीत, कला र साहित्यमा रुचि थियो । ललितकला कलेजमा पढ्दा गायन/संगीत बिषयका विद्यार्थी गैरेले कलेजकै समय तिर पहिलो एल्बम ‘तरेली’ सार्वजनिक गरेका थिए । २०६५ सालमा दोस्रो एल्बम ‘डिफाइन’ सार्वजनिक गरेका गायक गैरेको तेस्रो एल्बम ‘डिस्ट्यान्स’ २०७० सालमा सार्वजनिक भएको थियो ।
गीत संगीतबाट केही समय टाढा रहेका उनी केही वर्ष यता एकल गीतहरु सार्वजनिक गर्दै आएका छन् । यही क्रममा बिगत ८ वर्ष देखी अमेरिका बस्दै आएका यी गायकले आफ्नो नयाँ गीत सानी बजारमा ल्याएका हुन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: