Sat. May 18th, 2024

फिल्म कागजपत्रको  ‘माया संसार’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘माया संसार’ बोलको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन, अभिनेत्री शिल्पा मास्के, कलाकार भोलाराज सापकोटा, सरिता गिरी लगायत फिचर्ड छन् ।
चैत्र ८ गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक गीतले फिल्मको भाव बोकेको छ । गीतमा हर्कुलस बस्नेतको शब्द तथा स्वर रहेको छ । गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । फिल्ममा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवा, अर्जेश रेग्मी लगायतको समेत अभिनय रहेको छ ।
इपी एजुकेसन अष्ट्रेलियाको प्रस्तुतीमा औस सिनेमाको सहकार्यमा वर्ल्डवाइड फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको संयुक्त लगानिमा निर्माण भएको हो ।

Leave a Reply

%d bloggers like this: