Fri. May 3rd, 2024

निर्माता शाहीले गरेको फेसबुक पोस्ट
नेपाल चलचित्र निर्माता संघको मिती २०७५ ।०९ ।४ गतेको एकलौटी र पक्षपात पुर्ण निर्णयले मलाई ( गोविन्द शाही – उपाध्क्ष्य , नेपाल चलचित्र संघ ) निश्काशित गरिएको भन्ने निर्णय प्रती मेरो गंभिर आपत्ती र असंन्तुश्टी रहेको छ । म लगातार ३ पटक सम्म निर्बाचित भई निर्माता संघमा सक्रीय रही बिगत लामो समय देखी नेपाली चलचित्र निर्माण र बितरणमा सक्रीय रहुनुका साथै निर्माताको हक हितको लागी संघर्षरत छु । मलाई सफाईको कुनै पनि मौका नदिई प्राकृतिक न्यायको सामान्य सिद्दान्तलाई समेत आत्मसात नगरी यो निर्णय गरिएको छ । म नेपाली कथानक चलचित्र ” लभ सटेशन ” को निर्माणमा देश बाहिर र काठमाण्डौ बाहिर रहेको समयमा आव्ह्वान गरिएको संघको बैठकमा अनुपस्थित रहेकै कुरालाई मुद्दा बनाएर हठात यो निर्णय गरिएको मलाई महसुस भईरहेको छ । तसर्थ म बिनम्रता पुर्वक संघका पधारिकारिज्युहरुलाई अनुरोध गर्दछु कि म बिरुद्द गरिएको निर्णयमा तत्काल पुनर्बिचार गरी मेरो इज्जत प्रतिश्ठा र मान मर्यादालाई वापस गरियोस भ नि यही फेसबुक स्टाटस बाट अनुरोध गर्दछु । यदी मेरो अनुरोधलाई सुनुवाई गरिएन भने म कानुनी उपचार खोज्न न्यायलयको ढोका ढक्ढक्याउन बाध्य हुनेछु र त्यसपछिको नतिजाको लागी नेपाल चलचित्र निर्माता संघ जिम्मेवार हुनेछ । साथै यस वारेमा म ब्यक्तिगत रुपमा पत्रकार सम्मेलन गरी जानकारी गराउने ब्यवहोरा समेत संपुर्णमा जानकारी गराउदछु ।
धन्यबाद
निर्माता तथा चलचित्र बितरक
गोविन्द शाही

Leave a Reply

%d bloggers like this: