Sun. May 5th, 2024

काठमाडाैं।
फिल्म ‘प्रसाद’ मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदै छ । यसै फिल्मको अफिसियल ट्रेलर सामाजिक सञ्जाल युवटुव मार्फत रिलिज भएको छ ।
अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता विपिन कार्की र निर्देशक तथा अभिनेता निश्चल बस्नेतको प्रमुख भूमिका रहेको फिल्मको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् रिलिज गर्दै सामाजिक सञ्जालमा आएको छ । कार्यक्रममा सहभागी हुन निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत पुगेका थिए ।
सन्तान नहुँदा श्रीमान श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई ट्रेलरमा प्रस्तुत गरिको छ । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ मा पत्रकार सुशील पौडेलको कथा, राजेश श्रेष्ठको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, सुवाष र कोशिष क्षेत्रीको संगीत, फिल्ममा हिमाल केसीको थ्रिल, शिव विकको कोरियोग्राफी रहेको छ । फिल्ममा विकास सुवेदी सह निर्देशकका रुपमा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: