Sun. Apr 28th, 2024

एजेन्सी। बलिउड नायिका सन्नी लियाेन नेपाली चलचित्रमा देखिने भएकी छिन् । सन्नीले एबी इन्टरनेशनलले पहिलाे पटक निर्माण गर्न लागेकाे चलचित्र ‘पासवर्ड’ मा अभिनय गर्न लागेकी हुन् ।
उक्त चलचित्रमा सन्नीले आइटम डान्ससमेत गर्नेछिन् । उनले चलचित्रका मुख्य नायक बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ ।
यसबारे सन्नीले ट्वीट गर्दै भनेकी छिन्-‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’ को डान्स नम्बरमा हिस्सा बन्न पाउँदा म निकै खुसी छु ।’
सम्राट बस्नेतकाे निर्देशनमा बन्न लागेकाे यस चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाई रहेको छ । निर्माण पक्षका अनुसार चलचित्रकाे ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुनेछ ।
फिल्ममा सन्नी लियाेन, विक्की जोशी, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतसहित दुई नवनायिका परी राना र लिसा सुनारको समेत अभिनय रहनेछ ।

Leave a Reply

%d bloggers like this: