Sun. May 5th, 2024

काठमाडाैं ।
कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवास टिकाथलीमा रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो ।
अस्पताल पुर्‍याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो ।
२ वर्ष अगाडि चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका बोगटी ‘स्वाभिमान’ र ‘माया गर ल’ फिल्मका निर्माता समेत हुन् । उनले दर्जन बढी फिल्म तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: