Mon. Apr 29th, 2024

काठमाडाैं ।
फलेवासी गायक सरोज साजन श्रेष्ठको एल्वम एस थ्री रकिङ्ग रोमान्टिक गीत “रमाइलो फलेवास” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
करिव एक बर्ष अगाडी नै रेकर्ड भएको रमाइलो फलेवास बोलको गितमा श्रेष्ठको आफ्नै मातृभूमि फलेवासमा सुटिङ्ग गरिएको थियो ।
सरोज साजन श्रेष्ठको शब्दमा तयार भएको रमाइलो फलेवास बोलको गीतमा कल्याण सिंहको सँगीत रहेको छ भने सँगीत संयोजन साहस शाक्यको रहेको छ ।
चक्र पुलामीको कोरियोग्राफी र कन्सेप्ट रहेको भिडियोमा बिनोद श्रेष्ठ, फुलु पुन र सरोज साजन श्रेष्ठको अभिनय रहेको छ । बिरन पुनले छायाँङकन र निर्देशन गरेको गीतको भिडियोलाई धौलागिरी अञ्चलको पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका भित्रका रमणीय दृश्यहरु झल्काईएको छ ।
गीतको भिडियोमा फलेवास भित्र अवस्थित बिभिन्न जात जातीका झाकी,जात्रा, संस्कार र परम्परालाई उजागर गरिएको छ, साथै यस गीतमा पर्यटन प्रवर्द्न र फलेवासी जीवन शैली, रहनसहनलाई प्रभाव पार्ने दृष्य देख्न सकिन्छ ।
गीतको भिडियो फलेवास भित्र अवस्थित बिभिन्न जात जातीका झाकी,जात्रा, संस्कार र परम्परालाई उजागर गरिएको साथै यस गीतले पर्यटन प्रवर्द्धन र फलेवासी जीवन शैली, रहनसहनलाई प्रभाव पार्ने दृष्य झल्काइएको गायक सरोज साजन श्रेष्ठ को भनाइ छ ।
आफ्नो जन्म स्थान फलेवास भएको कारण पनि गीतको भिडियो फलेवास मा तयार पारिएको गायक शरोज साजनको भनाई छ ।
रोमाण्टिक गीतहरु मा रुची देखाउने साजनले सांगिंतिक यात्राको सुरुवात भने पापीनी बोलको सेन्टिमेन्टल गीतबाट गर्नुभएको थियो ।
श्रेष्ठले मायालुको देश,पापिनीले छोडेर गै,तिमीले फर्किएर नरोउ भनिदिए,मन अन्तै साट्यौकि र रमाइलो फलेवास लगाएतका थुप्रै गीत बजारमा ल्याउनुभएको छ ।

Leave a Reply

%d bloggers like this: