Sun. May 5th, 2024

काठमाडाैं ।
सुपरस्टार अनमोल केसीकी आमा तथा अभिनेत्री सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेकी छन् । गएको ९ सेप्टेम्बरमा दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो ।
पारिवारिक सहमतीमा नै स्वामीसँग इन्गेजमेन्ट भएको सुस्मिताले बताएकी छन् । अनमोलकै सहमतीमा यो इन्गेजमेन्ट भएको बुझिएको छ । सुस्मिताको विवाह अर्को वर्षको भ्यालेन्टाइन डेमा हुनेछ । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक धनाड्य व्यापारी हुन् ।
सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् । गएको दुई वर्ष अगाडि उनले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो । काठमाडौंमा उनी लामो समयदेखि डेरामा बस्दै आइरहेकी थिइन् ।
सुस्मिताले भुवनसँग ‘नेपाली बाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका फिल्ममा काम गरेकी छन् । फिल्ममा काम गर्दैगर्दा सुरु भएको यो कपलको प्रेमले विवाहको रुप लिएको थियो ।
केही वर्षदेखि भुवन अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा छन् । अनमोल पितासँगै बस्ने गर्छन् । धेरैपटक उनले आमा-बुबालाई मिलाएरै छाड्ने बताएका थिए ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: