Mon. Apr 29th, 2024

काठमाडाैं ।
नेपाली सुपरस्टार नायक प्रदिप खड्काको फिल्म रोजले दिन प्रति दिन अाफ्नो व्यापार उकास्न सफल भएको छ । प्रदर्शनीको दिन दर्शकको उत्साह जनक उपस्थिति पाएको रोजले व्यापार उकास्दै लान सफल भएको हो ।
फिल्मका वितरक गोविन्द शाहीका अनुसार फिल्मले प्रदर्शनको दिन भन्दा अन्य दिनमा राम्रो व्यापार गरिरहेको छ । शाहीका अनुसार फिल्मले उपत्यका तथा उपत्यका बाहिरका हलहरूमा अाफ्नो प्रभाव जमाउन सफल भएको छ ।
वितरक गोविन्द शाहीले मनोरञ्जन संसारलार्इ जानकारी दिए अनुसार रोजले शुक्रबार उपत्यकामा २४ लाखको व्यापार गर्न सफल भएको थियो भने अाइतबार रोज ४२ लाखको कारोबार गर्न सफल भयो ।
त्यसै गरी शुक्रबार नै उपत्यका बाहिर १९ लाखको व्यापार गरेको फिल्मले अाइतबार उपत्यका बाहिर ३८ लाख संकलन गर्न सफल रह्यो । समग्रमा रोजले उपत्यका बाहिर गरेको कूल संकलन ५७ लाख र उपत्यकाको संकलन  ६६ लाखलार्इ मिलाउँदा १ करोड २३ लाखको व्यापार गर्न सफल भएको छ ।
फिल्म निर्माण पक्षका अनुसार फिल्मले दिन प्रति दिन अाफ्नो लयलार्इ समात्दै गइरहेको छ ।

Leave a Reply

%d bloggers like this: