Mon. May 20th, 2024

काठमाडौँ ।
फिल्म ‘ए मेरो हजुर ३’ को शुभमुर्हत गरिएको छ । फिल्ममा युवास्टार अनमोल केसी र नव नायिका सुहाना थापाको मुख्य भूमिका रहने छ ।
आज शनिवार फिल्मका निर्माण टिमहरू सहित पोखरामा पूजा गर्दै शुभमुर्हत गरिएको हो । शुभमुर्हतमा फिल्मका मुख्य कलाकार अनमोल र सुहाना साथमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको उपस्थिति रहेको थियो ।
शनिवार साँझ पोखरामा आयोजना हुने ‘अनमोल इभ’मा सहभागी हुन अनमोल शुक्रवार नै पोखरा पुगेका थिए । त्यस्तै निर्देशक झरना थापा र नव नायिका सुहाना थापा केही दिन अघि देखि पोखरामा नै थिए । सूचनाअनुसार फिल्मको छायाङ्कन अर्को साताबाट सुरु हुनेछ ।

Leave a Reply

%d bloggers like this: