Sun. May 19th, 2024

काठमाडाैं ।
यही आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारद्धय आर्यन अधिकारी र श्रृष्टि श्रेष्ठ बिचको प्रेम, बिछोड, द्धन्द्धलाई देखाइएको छ । सबिर श्रेष्ठको निर्देशनमा बनेको ट्रेलरमा आर्यन र श्रृष्टिको अलावा किशोर खड्का, कलाकारहरू राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग लगायतका कलाकार फिचर छन् ।
काइट्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘बाँध मायाले’ मा रामहरि धिताल र बिभिषिका श्रेष्ठ निर्माताको रूपमा रहेका छन् भने सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, बाबु श्रेष्ठको छायाङ्कन र रोशन श्रेष्ठको द्धन्द्ध रहेको छ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् ।

Leave a Reply

%d bloggers like this: