Sat. May 18th, 2024

काठमाडाैं ।
दुई वर्ष अघि रिलिजमा आएको फिल्म ‘राधा’को दोस्रो सिक्वेल बन्ने भएको छ । फिल्म ‘राधा’मा अभिनेत्री संचिता लुँइटेल र जीवन लुइटेलको मुख्य भुमिका रहेको थियो । योगेश घिमिरेको निर्देशनमा बन्न लागेको ‘राधा २’ मा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छन् ।
प्रियंकाको मुख्य भुमिका रहने यो फिल्ममा दुई अभिनेता रहनेछन् । तर अहिले ती दुवै अभिनेताहरु नाम खुलाइएको छैन । जानकारीमा आएअनुसार यो फिल्ममा एक जना चल्तीका अभिनेता हुनेछन् भने अर्को फ्रेस फेस हुनेछन् ।
आगामी भदौ २५ गतेबाट यो फिल्मको छायाङ्कन सुरु गरिने निर्माण पक्षले बताएका छन् । यो फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । फिल्मलाई संजय न्यौपानेले निर्माण गर्दैछन् । फिल्मको कथा प्रदिप भारद्धाजले लेखेका हुन् ।

Leave a Reply

%d bloggers like this: