Sun. May 5th, 2024

काठमाडाैं । बलिउडकी अभिनेत्री एवंम पूर्व पोर्नस्टार सन्नी लियोन बारम्बार विवादमा आईरहन्छिन् ।यस्तैमा हालै सन्नी एक मृगौला पीडितलाई सहयोग जुटाउने अभियानमा छिन् । आफ्नो सुटिङको क्रु मेम्बरमा मृगौलाको समस्या देखिएको भन्दै सहयोगको अपिल गरेकी छिन् ।
सन्नीले इन्स्टाग्राममा लेखेकी छिन् ‘हल्लो मेरो नाम करनजीत वेबर हो । म मेरो साथी प्रभाकरको लागि सहयोग संकलन गर्दैछु । प्रभाकर ति ब्यक्ति हुन् जो मलाई सुटिङमा सँधै सहयोग गर्छन् ।’
सन्नीको भनाई अनुसार प्रभाकर उनकी छोरी निशा र दुई छोरा अशेर–नोहका मामा हुन् । प्रभाकरको परिवारमा एक छोरी श्रीमति र आमा छन् । सिंगै परिवार प्रभाकरकै कमाईमा निर्भर थिए ।
सन्नीले बताए अनुसार प्रभाकरको एक वर्षदेखी एक निजी हस्पिटलमा उपचार गर्दै थिए । त्यहाँका डक्टरले उनको मृगौला काम नलाग्ने अवस्थामा पुगेको भन्दै मृगौला निकाल्न ठिक परेका थिए ।
जब सन्नी र उनका श्रीमान डेनियलले थाह पाए र अर्को हस्पिटल लिएर गए । उनको किडनीले २० प्रतिशत काम गर्छ । यदि एक वर्ष राम्रो उपचार ग¥यो भने उनी पुरै ठिक हुन्छन् ।
सन्नीले आग्रह गर्दै भनेकी छिन् ‘तपाईहरुले सहयोग गर्नु भयो भने प्रभाकरलाई फेरी पहिलाकै अवस्थामा ल्याउन सकिन्छ ।’

Leave a Reply

%d bloggers like this: