Sun. May 19th, 2024

काठमाडाैं ।
बलिउड अभिनेता सलमान खान र अभिनेत्री अनुष्का शर्मा अभिनीत ‘सुल्तान’ चीनमा ३१ अगस्तमा रिलिज हुने भएको छ। यो फिल्म भारतमा दुई वर्षअघि रिलिज भएको थियो।हिन्दी चलचित्र ‘सुल्तान’ चीनमा ११ हजार स्क्रिनमा रिलिज हुने भएको छ । दुई वर्ष अघि भारतमा ४ हजार स्क्रिनमा रिलिज भएको सुल्तानले चीनमा ११ हजार स्क्रिन पाएको यशराज फिल्मको इन्टरनेशनल अपरेसन्सका उपाध्यक्ष अवतार पनेसरले बताए ।
फिल्मलाई चिनिया भाषामा सबटाईटल गरिएको छ । उपाध्यक्ष अवतारले भारतीय फिल्मका लागि चीन पनि ठूलो बजार भएको बताए । सिमित हिन्दी चलचित्रलाई चिनिया दर्शकले मन पराउने गरेका छन् । यसअघि आमिर खान अभिनित दंगललाई चिनिया दर्शकले निकै मन पराएका थिए । अली अब्बास जफर निर्देशित सुल्तानमा अनुश्का शर्मा र सलमान खानको मुख्य भुमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: