Sun. May 19th, 2024

काठमाडाैं ।
फिल्म ‘रुद्र’ युट्युबमा सार्वजनिक गरेको छ । एक्सनस्टार निखिल उप्रेती र नायिका सारा सिर्पालीको मुख्य भुमिका रहेको फिल्म ‘रुद्र’ युट्युबमा सार्वजनिक भएको हो ।
रामजी लामिछानेको लेखन तथा निर्देशनमा बनेको पिल्मलाई कल्पना कुमारी कट्वाल र भक्त प्रसाद शर्माले संयुक्त रुपमा लगानी गरेका हुन् । फिल्म ‘रुद्र’ एनयु प्रोडक्सन र बिश्व प्रोडक्सनको ब्यानरमा बनेको हो । पिल्ममा सौरभ लामाको सिनेम्याटोग्राफी, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ भने निदेशन सुनाम र निखिल उप्रेतीको संगीत छ ।
फिल्म गत बिहिबार सार्वजनिक गरिएको हो । फिल्ममार्फत नायिका सारा सिर्पालीले नेपाली फिल्म क्षेत्रमा नायिकाको रुपमा डेब्यु गरेकी थिईन् । पिल्ममा निखिल र साराको साथै विश्व शर्मा, रोए दिप, ध्रुव कोईराला, ज्याक श्रेष्ठ, भास्कर ओली लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: