Mon. Apr 29th, 2024

काठमाडाैं । 
चलचित्र ‘साली कस्को भेनाको’ नयाँ गीत सार्वजनिक भएको छ । ‘माया तिमीलाई’ बोलको उक्त रोमान्टिक गीत काठमाडौँमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतमा सुरज सिंह ठकुरीको शब्द तथा सङ्गीत रहेको छ भने स्वर सुरज स्वयम् र आकाङ्क्षा बस्यालको रहेको छ । गीतको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार मरिष्का पोखरेल र देव सागर फिचर छन् ।
चलचित्र ‘साली कस्को भेनाको’लाई भद्र भुजेलले निर्देशन गरेका हुन् । प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजिमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको लगानी रहेको छ । कमेडी जनरामा बनेको चलचित्रमा मरिष्का र देवको अलावा विल्सन विक्रम राई, बुद्धि तामाङ, मरिष्का पोखरेल, रजनी गुरुङ, सुष्मा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: