Fri. May 3rd, 2024

काठमाडाैं ।
आगामी भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’को पहिलो लुक सार्वजनिक भएको छ । प्रेमगीत निर्माता सन्तोष सेनको ब्यानर आसुसेन फिल्मस्बाट निर्माण भएको चलचित्र ‘मेरी मामु’को पोस्टरमा चलचित्रका मुख्य कलाकार ६ वर्षीय आयुव सेन फिचर्ड छन् । आयुव सन्तोष सेनका छोरा हुन् । हाल छायाङ्कन भइरहेको मेरी मामुका प्रेमगीत २ बाट डेव्यु गरेकी नायिका अश्लेषा ठकुरी, चलचित्र रानीबाट डेव्यु गरेका नायक शारुख ताम्राकार, कुसुम गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
आमा र छोरा बिचको सम्बन्धको कथा बोकेको मेरी मामुलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा उनकै लेखन रहेको छ भने पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ । निर्माण पक्षको अनुसार हाल चलचित्रको ७० प्रतिशत छायाङ्कन सकिसकेको छ । चलचित्रको छायाङ्कन सकिएसँगै डबिङ र सम्पूर्ण पोस्ट प्रोडक्सनको काम गरिने र प्रदर्शन हुनु भन्दा करिब एकसाता अघि चलचित्र तयार हुने निर्माता सेनले दाबी गरे ।

Leave a Reply

%d bloggers like this: