Wed. May 1st, 2024

काठमाडाैं  ।
गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘रोमियो’ मा समावेश ‘ल्याङ्ग ल्याङ्ग’ बोलको गीत सापटी लिएर नेपाली फिल्म निर्माण हुने भएको छ । वितरक तथा निर्माता करण श्रेष्ठले यो टाइटलमा फिल्म घोषणा गरेका छन् ।
आइतवार राजधानीमा एक कार्यक्रमका बीच ‘ल्याङ्ग ल्याङ्ग’ को औपचारिक निर्माण घोषणा गरियो । भदौ अन्तिम साताबाट फ्लोरमा जाने यस फिल्मबाट निर्माता करणले निर्देशनमा हात हालेका छन् ।
कमेडी र सोसल स्टोरीमा निर्माण हुने बताइएको फिल्ममा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, बुद्धि तामाङ, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरिता गिरी, दमन रुपाखेतीलगायतका कलाकाहरुको अभिनय रहनेछ ।
फिल्ममा अझै एक अभिनेत्रीको लिड अभिनय रहनेछ । उनको नाम भने कार्यक्रममा खुलाइएन । फिल्ममा एक ट्याक्सी ड्राइभर र बारमा काम गर्ने एक युवतीबीचको प्रेम देखाइनेछ । अमृत माया श्रेष्ठ प्रस्तुतकर्ता रहेको ‘ल्याङ्ग ल्याङ्ग’ को कथा सोम खुस्कु माझीले लेखेका हुन् ।
काठमाडौं, सिन्धुली, अष्ट्रेलिया, बहराईनमा खिचिने फिल्ममा टंक बुढाथोकीको संगीत र अर्जुन भट्टराईले गीत लेखेका छन् । प्रदीप कुमार चौधरीको फिल्ममा स्क्रिन प्ले र डाइलग छ । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने उक्त फिल्म सम्पादन गर्ने जिम्ममा साहिल खानले पाएका छन् ।
फिल्मीखबर

Leave a Reply

%d bloggers like this: