Thu. May 2nd, 2024

काठमाडाैं ।
 साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ ।
नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा यो फिल्म प्रदर्शन गर्न लागेको हो । नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’ को अमेरिका राइट्स लिएका छन् ।
फिल्मको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि फिल्म बिक्री भएको निर्माता गोपालीको भनाई छ ।
‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ फिल्म निर्देशन गरेका थिए । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् ।फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । उक्त फिल्म प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् ।

Leave a Reply

%d bloggers like this: