Sun. May 19th, 2024

काठमाडाैं । 
२९ जूनमा रिलिज हुने   संजय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ बाट उनको कयौं राज खुल्दैछ । उनको कोर्ट केस, ड्रग्सको लतदेखि अफेयर्ससम्म सबै फिल्ममा देखाइएको छ ।
९० को दशकमा संजय दत्त र माधुरी दीक्षितको अफेयर निकै चर्चामा थियो । खबरअनुसार, माधुरीले निर्देशक राजकुमार हिरानीलाई भनेर फिल्मबाट एक सिन हटाउन लगाएकी छन् ।
एक रिपोर्टका अनुसार, फिल्ममा एक सिन थियो, जसमा संजय अरेस्ट भएपछि एक एक्ट्रेसलाई फोन गर्दछन् तर कल एक्ट्रेसकी आमाले उठाउँछिन् । उनी भन्छिन् कि एक्ट्रेस अब उनीसँग कुनै सम्बन्ध राख्न चाहँदिनन् । उक्त एक्ट्रेस अरु कोहिँ नभएर माधुरी हुन् ।
संजय जब १९९३ मा गिरफ्तार भएका थिए, तब पुलिस अफिसरले उनलाई कल गर्नका लागि अनुमती दिएका थिए । संजयले उक्त कल माधुरीलाई गरेका थिए तर त्यसबेला माधुरीले उनीसँग सम्बन्ध तोडिसकेकी थिइन् ।
फिल्ममा यो सिन तबसम्म थियो, जबसम्म माधुरीलाई यस विषयमा जानकारी थिएन । तर, जब उनलाई थाहा भयो तब उनले राजकुमार हिरानी र संजय दत्तलाई कल गरेर उक्त सिन हटाउन आग्रह गरेकी थिइन् । हिरानीले फिल्मको फाइनल कटमा यो सिन हटाएका छन् ।
फिल्ममा माधुरीको भूमिकामा करिश्मा तन्ना देखिँदैछिन् । रणवीर कपूरसँगै यस फिल्ममा सोनम कपूर, अनुष्का शर्मा, दिया मिर्जा, परेश रावल, विक्की कौशल, जिम सरभ पनि लिड रोलमा छन् ।

Leave a Reply

%d bloggers like this: