Thu. May 9th, 2024

काठमाडाैं । 
चर्चित रियालिटी सो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको गीत ’भुण्टी’ लगातार ३ दिन  ट्रेन्डीङ्ग नम्बर एकमा रहेकाे  छ । शुक्रवार सार्वजनिक भएको उक्त गीतलाई यो समाचार तयार बनाउन्दै गर्दा १३ लाख ८६ हजार बढीले हेरिसकेका छन् ।
सार्वजनिक भिडियोलाई ४५ हजार बढीले लाइक गरेका छन् भने २२ सयले डिसलाइक गरेका छन् । त्यस्तै भिडियोलाई ४ हजार बढीले कमेन्ट गरेका छन् । निशानको  यो तेस्रो एल्बम हो ।
गीतको भिडियोमा निशान र चर्चित मोडेल एलीसा राईको अभिनय रहेको छ ।  गीतको शब्दलाई राजेन्द्र भट्टले कोरेका छन् । टेकेन्द्र शाहको निर्देशन् र सम्पादन रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।

Leave a Reply

%d bloggers like this: