Thu. May 9th, 2024

काठमाडाैं । 
रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटग्रस्ट लिभरपुलका स्टार मोहम्मद सलाहका लागि छिटो ठिक हुन कामना गरेका छन् । उनले सहाल विश्व कपअघि नै ठिक हुनेमा अाफु आशावादी रहेकाे  पनि व्यक्त गरेका छन् ।
रियलविरुद्ध शनिबार च्याम्पियन्स लिग फाइनलमा सलाह घार्इते हुँदै मैदान छाेडेका थिए । खेल  सुरु भएको आधा घन्टामा काँधमा चोट लागेपछि सलाहले मैदान छाड्न परेको थियो । रामोससँग ठोक्किदा साहालको काँधमा चोट लागेको थियो । लिभरपुलका प्रशिक्षक योर्गन क्लबले विश्वकप अघि सलाह ठिक हुने सम्भावना कम देखेका छन् ।
विश्वकप सुरु हुन तीन साता भन्दा कम समय बाँकी छ । चार पटक च्याम्पियन्स लिग उपाधि जितेका रामोसले ट्विट गर्दै भनेका छन्, ‘फुटबलमा कहिले राम्रो र कहिलो नराम्रो हुन्छ । हामीले यो सबै स्वीकार गर्नुपर्दछ । सलाह , चाडै ठिक हुन् । भविष्य तिमिलाई कुरिरहेको छ ।’
लिभरपुलका मिडफिल्ड जर्जियोनियो विज्नाल्डुमले सलाह बाहिरेपछि टोलीमा त्यसको असर परेको बताए । हाम्रो लागि त्यो ठूलो धक्का हो । उनी मैदान बाहरिएपछि टोलीमा त्यसको असर पर्यो, उनले भने, २५ मिनेट हामीले निकै राम्रो खेल्यौं । सालाहलाई चोट लागेपछि हामीले त्यो लयलाई जोगाउन सकेनौं ।

Leave a Reply

%d bloggers like this: