Fri. May 3rd, 2024

काठमाडाैं । 
अभिनय हुँदै फिल्म निर्माणमा पाइला राखेकी रेखा थापा यतीखेर जाजरकोट पुगेकी छिन्। फिल्म मालिकालाई सुहाउने परीबेशको कारण उनी शुटींग युनिटका साथ जाजरकोट पुगेकी हुन् ।  पछिल्लो समय नायिका रेखा थापा अभिनय सँगै निर्माणमा जम्न थालेकी छिन् ।
फिल्ममा चौध वर्षिया कमला ओली मुख्य भूमिकामा रहेकी छिन् । हाल जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भइरहेको छ । जाजरकोटको स्थानीय चालचलन र संस्कृति झल्किने मेलाको दृश्य कथामा आबश्यक भएको कारण उक्त ऐतिहासीक क्षेत्रमा गीतको छायाँकन भैइरहेको रेखाले बताईन् ।
फिल्मको लागि जम्मा चालिस दिनको सुटिङ सेड्यूल रहेकोमा ३० दिनमा सकाउने योजनाको साथ हाल छायांकन भईरहेको छ ।

Leave a Reply

%d bloggers like this: