Fri. May 3rd, 2024

काठमाडाै । 
बलिउड अभिनेता अक्षय कुमार, सुनील शेट्टी र परेश रावलले लगातार ‘हेरा फेरी’ को दुई पार्टमै काम गरे । र, अब निर्माता  यसको तेस्रो पार्ट निर्माण गर्ने तयारीमा जुटेका छन् ।
मेकर्सका अनुसार, यस फिल्मको तेस्रो सिरिजमा फेरि अक्षय, सुनील र परेश रावल दोहोरिने भएका छन् । यो फिल्मको २ पार्ट रिलिज भइसकेको छ ।
निर्देशक इन्द्र कुमारले ‘हेरा फेरी’ को पार्ट ३ निर्माण गर्ने घोषणा गरेका छन् तर उनले यसको निर्देशन आफैंले गर्ने वा नगर्ने भन्ने विषयमा कुनै जानकारी दिएका छैनन् ।
खबरअनुसार, अक्षय कुमार, सुनील शेट्टी र परेश रावलले फिल्मका लागि आफ्नो डेट्स दिइसकेका छन् ।
अहिले यो फिल्मको प्री प्रोडक्शनको काम सुरु भएको छ । तीन स्टार्सले अप्रिलमा फिल्मका लागि आफ्नो डेट्स दिएका छन् ।
‘हेरा फेरी ३’ को छायांकन वर्ष २०१८ को अन्तिमबाट सुरु हुनेछ र अर्को वर्षको मध्यतिर प्रदर्शनमा आउने सम्भावना छ ।
फिल्मको पहिलो दुई सिरिज सुपरहिट भएको थियो र दर्शकले अक्षय, सुनील र परेशको अभिनयलाई औधि रुचाएका थिए । अब यो हेर्न रोमान्चिक हुनेछ कि यसपटक यी तीनले कस्तो करामत गर्नेछन् ?

Leave a Reply

%d bloggers like this: