Sun. May 19th, 2024

काठमाडाैं । 
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले जेठ १३ गते राजधानीमा सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।  व्यक्तिगत कारणले देश बाहिर हुने भएकाले प्रधानमन्त्री कप नखेल्ने पारसले बताएका छन् ।
‘पहिला देखि नै बाहिर जाने तय थियो । फेरि यो प्रतियोगिताका बारेमा धेरै पछि मात्र थाहा पाए,’ उनले भने, ‘त्यसले यसपटक म खेल्दिन ।’ यदि स्वदेशमै रहेको अवस्थामा भने प्रदेश ३ बाट खेल्ने बढी सम्भावना रहेको पनि उनले बताए ।
‘एपीएफसँगको सम्झौता झन्डै डेढ बर्षअघि नै सकिएको थियो,’ गत साता पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट खेलाडी पुरुष घोषित भएका उनले भने, ‘यस्तो अवस्थामा आफु रहेकै प्रदेशको टोलीबाट खेल्थे होला ।’ अघिल्लो संस्करणको प्रधानमन्त्री कपमा चोटका कारण पारस मैदान बाहिर रहेका थिए । त्यसबेला ज्ञानेन्द्र मल्लको कप्तानीमा एपीएफले जुनियर टोली उतारेको थियो । शक्ति गौचन, वसन्त रेग्मी लगायतका खेलाडीले पनि एपीएफबाट खेलेका थिएनन् ।

Leave a Reply

%d bloggers like this: